काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आइतबार बस्ने भएको छ । ललितपुर भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बिहान ११ बजे बैठक बस्न लागेको हो । बैठकमा गत भदौ महिनादेखि पार्टीले सञ्चालन गरेको ‘जनतासँग जसपा नेपाल, आधारभूत संगठन निर्माण अभियान’ को समीक्षा हुनेछ । साथै पालिका समिति गठन, पुनर्गठनको जिम्मेवारीमा खटाइएका केन्द्रीय अभियन्ताहरूले…