कायरो । युद्धग्रस्त सुडानमा स्वास्थ्य संरचनामाथिको आक्रमण थप भयावह बन्दै गएको छ । यहाँ पश्चिमी डार्फर क्षेत्रको एक अस्पतालमा गरिएको प्रहारमा कम्तीमा ६४ जनाको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ । मृतकमध्ये १३ जना बालबालिका रहेका छन्, जसले द्वन्द्वको मानवीय मूल्य अझ गम्भीर बनाएको छ । विश्व स्वास्थ्य संगठनका प्रमुख टेड्रोस गेब्रेयससका अनुसार, गत…