भारतका प्रधानमन्त्री मोदी र युक्रेनका राष्ट्रपति जेलेन्स्कीबीच भेटवार्ता

काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच अमेरिकामा भेटवार्ता भएको छ । दुई नेताबीच पछिल्लो एक महिनामा यो दोस्रो भेट हो । मोदीले गएको अगस्ट २३ मा युक्रेनको भ्रमण गरेका थिए । संयुक्त राष्ट्रसङ्घको शिखर सम्मेलनमा सहभागी हुन अमेरिकामा रहेका मोदी र जेलेन्स्कीबीच न्युयोर्कमा भेटवार्ता भएको हो । भेटमा दुवै नेताबीच…