खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौं उपत्यकामा तीन वटा टोली परिचालन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन गर्न काठमाडौं उपत्यकामा तीन वटा टोली परिचालन गरेको छ । विभागले हिजो काठमाडौं महानगरपालिका–२५ न्यूरोडमा रहेको गौतम स्वीट्स, महानगरपालिका–२४ इन्द्रचोकमा रहेको स्वस्तिक स्वीट्स एण्ड स्न्याक्स, महानगरपालिका–२२ न्यूरोडमा रहेको कर्नर ताजा गुँदपाक भण्डारमा अनुगमन गरेको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले जानकारी दिए । अनुगमनका क्रममा…