काठमाडौँ । नेपालको एकमात्र ‘ढोरपाटन सिकार आरक्ष’ पेशेवर विदेशी सिकारीहरूका लागि विश्वमै प्रख्यात छ। यहाँ लिखित अनुमति लिएर तोकिएको समय र क्षेत्रमा नाउर, झारल, रतुवा र बँदेलको सिकार गर्न पाइन्छ। यो आरक्ष यिनै वन्यजन्तुको सिकार गर्नका लागि विश्वमै एक प्रमुख गन्तव्यकै रूपमा चिनिएको छ। साहसिक सिकार खेलका लागि यो प्रसिद्ध मानिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु…