सिरहा । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया किशोरी रिङ्कुकुमारी सदाको मृत्यु प्रकरणमा जबर्जस्ती करणी (जक) सहित ४ वटा मुद्दामा अनुसन्धान सुरु भएको छ । सामूहिक बलात्कार र शङ्कास्पद मृत्यु घटनामा पीडित परिवारले बिहीबार इलाका प्रहरी कार्यालय, लहानमा ४ वटा मुद्दामा आठ जनाविरुद्धपूरक जाहेरी दर्ता गरेका थिए । कर्तव्य ज्यान, जबर्जस्ती करणी, शरीर बन्धक र…