काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेपालमा लगानी आकर्षित गर्ने कानुन निर्माणमा जोड दिएका छन् । आइतबार उद्योग वाणिज्य महासंघले आयोजना गरेको दीगो आर्थिक विकासमा नीतिगत सुधार अन्तक्रिया कार्यक्रममा बोल्दै सभापति खतिवडाले भने, ‘अहिले कांग्रेस–एमालेको सरकार बनेको छ, यसले जनतामा एउटा आशा छाएको छ । उद्यमी र व्यवसायी मैत्री सरकार रहेछ…