बिस्का जात्रा मनाउने क्रममा रथले किचेर एक जनाको मृत्यु

भक्तपुर । भक्तपुरमा बिस्का जात्राको क्रममा रथले किचेर एक जनाको मृत्यु भएको छ । भैलखको रथ तान्ने क्रममा रथले किचेको हो । जीऊमाथि नै रथले किचेका कारण अन्दाजी वर्ष ३६ का सुशिल तमखूको मृत्यु भएको प्रहरीले जनाएको छ । भक्तपुर नगरपालिका वडा नं ४ निवासी उनी हाल भक्तपुरको सूर्यविनायक नगरपालिका ८, सिपाडोल इटबू बस्दै आएका…