काठमाडौँका यी स्थानमा आज विद्युत् आपूर्ति बन्द हुने

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ । टेकुस्थित सबस्टेसनमा नयाँ ४५ एमभीए क्षमताको ट्रान्सफर्मर स्तरोन्नति गर्न लागिएकाले काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ । प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ ।…