अनाथ बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा ३ जनाको मृत्यु

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका-६ सलम्बुटारस्थित अनाथ बालबालिकाहरुको आश्रयस्थलमा टिपर छिर्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २१ बर्षका आकाश र २१ बर्षकै सुमन रहेका छन् भने अर्का ४५ बर्षका हरिजन रहेका छन् । द्वन्द्वपीडित तथा अपांग समाज नेपाल सीभीडीएसले सञ्चालन गरेको आश्रयस्थलमा आज बिहान करीब ३.४० बजे टिपरले बाटो छाडेर आश्रयस्थलको टहराभित्र…