मुख्यमन्त्री जम्कट्टेलको विपक्षमा मतदान गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिले मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत नदिने निर्णय गरेको छ । प्रदेश सम्पर्क कार्यालय ललितपुरमा शुक्रबार बसेको बैठकले जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको कार्यालयका मुख्य सचिव राजु नेपालले जानकारी दिए । बैठकले प्रदेश संसदीय दललाई विपक्षमा मतदान गर्न निर्देशनसमेत दिएको छ । मुख्यमन्त्री जम्कट्टेलले…