मकवानपुर । असोज ११ र १२ गतेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले क्षतिग्रस्त बनेको संघीय राजधानी काठमाडौँ र प्रदेश राजधानी हेटौंडा जोड्ने तीनवटा छोटो दूरीका सडक मार्ग सञ्चालनमा आएका छन्। हेटौंडा-काठमाडौँ जोड्ने सबैभन्दा छोटो दूरीको महालक्ष्मीखोला–चखेल–मातातीर्थ सडक खण्ड, फाखेल–हुमाने–फर्पिङ सडक र सिस्नेरी–दक्षिणकाली–फर्पिङ–काठमाडौं जोड्ने सडक हिजो साँझबाट सञ्चालनमा ल्याइएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्केले…