चितवन । चितवन राष्ट्रिय निकुञ्जले गएको कात्तिक १३ देखि अहिलेसम्म विभिन्न कसूरमा ६५ जनालाई पक्राउ गरेको छ । निकुञ्ज तथा मध्यवर्ती क्षेत्रको संरक्षणलाई प्रभावकारी रूपमा अगाडि बढाउन निकुञ्जले अभियान सञ्चालन गरेको छ । निकुञ्जका सूचना अधिकारी एवम् संरक्षण अधिकृत अविनाश थापामगरका अनुसार निकुञ्जभित्र अवैध गतिविधि नियन्त्रण कार्यअन्तर्गत बाघसँग सम्बन्धित कसूरमा एक, अनुमतिविना बँदेल पाल्ने दुई,…