मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु

मकवानपुर । जिल्लाको मनहरी गाउँपालिका वडा नं. ३ कालिदमारस्थित भित्री सडक–खण्डमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सो दुर्घटनामा परी अन्य दुईजना घाइते भएका छन् । मृत्यु हुनेहरुमा मनहरी गाउँपालिका-३ हाँडिखोलाका ३० वर्षीय वीरमान रुम्बा, सोही वडाका २४ वर्षीय राजकुमार प्रजा र वडा नं.४ स्थित सालघारीका २० वर्षीय प्रविण प्रजा रहेका छन्…