ट्रक दुर्घटनामा ३ जनाको मृत्यु, पाँच घाइते

रसुवा । आमाछोदिङ्मो गाउँपालिकाअन्तर्गत–२ नेशिङ खोलामा सोमबार साँझ मिनी ट्रक दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख सुवास बुढाथोकीका अनुसार दुर्घटनामा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको मृत्यु भएको हो । नेशिङ्बाट आलु बोकेर ग्रेगाउँतर्फ गइरहेको ट्रक सडकबाट करिब दुई…