काठमाडौं कांग्रेसको सभापतिमा बानियाँ र कार्कीबीच दोस्रोपटक प्रतिस्पर्धा

काठमाडौं, ११ मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार विभिन्न जिल्लामा जिल्ला अधिवेशन हुँदैछ । काठमाडौं, ललितपुर, भक्तपुरलगायतका अधिकांश जिल्लामा आज अधिवेशन हुन लागेको हो । काठमाडौंमा बहालवाला जिल्ला सभापति कृष्ण सबुज बानियाँ र उपेन्द्र कार्कीबीच यसपटक पनि प्रतिस्पर्धा हुने भएको छ । १३औं महाधिवशेनमा पनि बानियाँ र कार्कीबीच नै सभापतिमा प्रतिस्पर्धा भएको थियो ।…