आजदेखि सवारी साधनको प्रदूषण परीक्षणमा कडाई

काठमाडौं । सरकारले प्रदूषण जाँचपासमा फेल हुने सवारीसाधनलाई आज शुक्रबारदेखि एक लाख रुपैयाँसम्म जरिवाना तिराउने भएको छ । वातावरण विभागका अनुसार शुक्रबारबाट विभागले छड्के जाँच गरी कडा कारबाही गर्न लागेको हो । वायु प्रदुषण नियन्त्रणको उद्देश्यले सरकारले मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीमाथि कारबाहीमा कडाई गर्न थालेको हो । वातावरण संरक्षण ऐनमा मापदण्डभन्दा धेरै धुवाँ फ्याँक्ने गाडीलाई एक लाखसम्म…