काठमाडौं । पत्रकार सरोजराज अधिकारी झुन्डिएको अवस्थामा मृत भेटिएका छन् । सुन्धाराको एक होटेलमा उनी झुन्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ । अधिकारीले चक्रब्यूहमा चन्द्रसूर्य, धम्बोझी, रुपबजारकी नोरा, जासुसीको जालो पुस्तक लेखेका छन् । उनी बसेको होटलको कोठामा श्रीमतीसहित पुग्दा उक्त कोठा भित्रबाटै बन्द थियो। त्यसपछि प्रहरी र आफन्तले ढोका फोरेर हेर्दा उनी झुण्डिएको…