साढे छ केजी सुनसहित ११ जना भारतीय नागरिक पक्राउ

काठमाडौँ। जिल्ला प्रहरी कार्यालय कास्कीले करिब साढे छ केजी अवैध सुनसहित ११ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। शुक्रबार दिउँसोबाट अप्रेसन सुरु गरेर रातभर लगाएर उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले छ किलो चार सय ग्राम सुनसहित उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।…