सुर्खेत । कर्णाली प्रदेशको मुख्यमन्त्री पदमा नेकपा (एमाले) संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार मंगलबार कँडेललाई प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । कँडेललाई मुख्यमन्त्री बनाउन नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका २३ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि प्रदेश प्रमुख परियारसमक्ष…