जाजरकोट भूकम्पः मृतक १५७ जनाको शव परिवारलाई बुझाइयो, ९ सय १० घर पूर्ण क्षति

काठमाडौँ । गृह मन्त्रालयले जाजरकोट भूकम्पमा मृत्यु भएका एक सय ५७ जनाको शव सनाखत गरी आफन्तलाई बुझाइएको छ । मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले खोज, उद्धार तथा राहत व्यवस्थापनमा सरकारका सबै निकाय सक्रिय रहेका जानकारी दिँदै घाइतेहरू उपचारपछि घर फर्कन थालेका बताए । प्रवक्ता भट्टराईका अनुसार भूकम्पमा परी ९९ महिला र ५८ पुरुषको मृत्यु भएको छ…