रुकुम पश्चिम । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, गोइरीमा आज बिहान जिप दुर्घटना हुँदा कम्तिमा २२ जना घाइते भएका छन् । खोलागाउँबाट मुसिकोटतर्फ जाँदै गरेको लु १ ज २२९७ नम्बरको जीप दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् । घाइते २२ मध्ये केहीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ । दुर्घटनाका घाइतेलाई उद्दारपछि चौरजहारी…