सुर्खेत । कर्णाली प्रदेश अस्पतालमा मिर्गाैला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा रहेको अस्पतालले मिर्गौला प्रत्यारोपणको सेवा यही हप्ताबाट सुरू गर्ने भएको हो । यसअघि माघ महिनादेखि मिर्गौला प्रत्यारोपणको लागि सम्झौता भएको र त्यसै अनुसार सेवा विस्तार गरिएको अस्पतालका निर्देशक प्रा .डा डम्बर खड्काले जानकारी दिए। निर्देशक डा. खड्काले आर्थिक वर्षमा…