इलाम । इलाममा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । इलामको माङसेबुङ गाउँपालिका-२ दहगाउँस्थित भित्री सडकखण्डमा बोलेरो गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । आइतबार दिउँसो करिब १२ बजे पाँचथरको रविबाट झापाको दमक आउँदै गरेको मे १ ज ४८७ नम्बरको बोलेरो गाडी दुर्घट्नामा परेको हो…