विद्रोह गरेका केदार कार्की कोशी प्रदेशका मुख्यमन्त्री !

काठमाडौं । नेपाली कांग्रेसबाट विद्रोह गरेर प्रदेश प्रमुखलाई बहुमत हस्ताक्षर बुझाएका केदार कार्की कोशी प्रदेशको मुख्यमन्त्री बन्ने सम्भावना बलियो देखिएको छ । कार्कीले कांग्रेसबाट ८ र एमालेका ३९ जनासहित ४७ जनाको हस्ताक्षर प्रदेश प्रमुख परशुराम खापुङलाई बिहीबार बुझाएका छन् । कांग्रेसबाट विद्रोह गर्ने सांसदहरुमा मोरङका केदार कार्की, उदयपुरका रामकुमार खत्री र लिलाकुमारी राई, इलामका शमशेर…