काठमाडौँ । झापाको अर्जुनधारा नगरपालिकाले स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतलाई जिम्मेवारीबाट हटाएको छ । ‘जङ्गलमा डेटिङमा जाँदा श्रीमतीले फेला पारेको’ भन्दै बस्नेतमाथि उनकै श्रीमतीले गाली गर्दै लछारपछार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उक्त भिडियो भाइरल भएपछि नगरपालिकाले बस्नेतलाई जिम्मेवारीबाट हटाएको प्रमुख प्रशासकीय अधिकृत त्रिलोचन रिमालले जानकारी दिए । रिमालका अनुसार बस्नेतलाई स्पष्टीकरण समेत…