कोशी प्रदेशसभा बैठक जारी

विराटनगर । कोशी प्रदेशसभा बैठक सुरु भएको छ । बैठक केहीबेर अघि सुरु भएको छ । प्रदेशसभा बैठकमा आज मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको छ । पुस २५ गते गठन भएकाे कार्की नेतृत्वकाे सरकार जेठ २३ गते माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि अल्पमतमा परेकाे थियाे ।