काठमाडौँ । दाइजो माग्दै बेहुली पक्षलाई धम्क्याएको आरोपमा काठमाडौँको नक्सालबाट प्रहरीले बेहुलालाई पक्राउ गरेको छ। सुनसरी दुहबी नगरपालिका वडा नम्बर ६ स्थायी घर भई काठमाडौँको ताहाचल बस्ने ३२ वर्षीय अनुराग रौनियारलाई प्रहरीले विवाहमण्डपबाटै पक्राउ गरेको हो। नक्सालस्थित लिसरा रिसेप्सन पार्टी प्यालेसमा विवाह हुँदै गर्दा बेहुला पक्षले थप पचास लाख रुपैयाँ दाइजो नदिए विवाह रद्द गर्ने…