झापा । कोसी नाम खारेजीको माग गर्दै आन्दोलनरत पहिचान पक्षधर र प्रहरीबीच झापाको दमकमा झडप भएको छ । पहिचान पक्षधरले निकालेको राँकेजुलुस प्रहरीले निभाउन खोज्दा झडप भएको हो । झडपको क्रममा प्रहरीले दर्जनौँ राउन्ड अश्रुग्यास प्रहार गरेको छ भने पहिचान पक्षधरले प्रहरीमाथि राँको र इँटाढुंगा प्रहार गरेका छन् । यसक्रममा थुप्रै घाइते भएका छन् ।…