माेरङकाे काल्बुङ्ग झरना आन्तरिक पर्यटकको रोजाइमा

माेरङ । मोरङ्गको मिक्लाजुङ्गको काल्बुङ्ग झरना पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । मिक्लाजुङ्ग- ५ सामलिङ्गमा पर्ने झरना आफैँमा निकै मनमोहक भएका कारण यहाँका स्थानीयको रोजाइमा परेको हो । प्राकृतिक सौन्दर्यले समेत भरिपूर्ण रहेको यो झरनाले पछिल्लो समय यहाँका आन्तरिक तथा बाह्य पर्यटकलाई लोभ्याउने गरेको छ । जिल्लावासीको एक सम्पत्तिका रूपमा रहेको कोल्बुङ्ग झरना संरक्षण तथा प्रवर्धनको पर्खाइमा…