किसानलाई धान थन्क्याउन चटारो

भोजपुर । यहाँका किसान यतिबेला धान थन्क्याउनमा व्यस्त छन् । दशैँ–तिहार सकिएसँगै खेतमा पाकेका धान भित्र्याउने कामले गाउँ–गाउँमा चहलपहल बढाएको छ । बिहानैदेखि किसान खेतबारीतिर धान थन्काउने, मुठा बाँध्ने र सुकाउने काममा जुटेका छन् । केही समयमा अघिको लगातार वर्षातका कारण समयमा धान थन्काउन नपाएका किसान अहिले मौसममा सुधार आएपछि धान बाली भण्डारणमा लागेका छन्…