मधेशलाई ७५ रनमा अलआउट गर्दै लुम्बिनीकाे चाैथाे जीत

दाङ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले मधेश प्रदेशलाई ८३ रनले हराएको छ । लुम्बिनीले दिएको १ सय ५९ रनको लक्ष्य पछ्याएको मधेश २६ ओभर ५ बलमा ७५ रन बनाउँदा अलआउट भयो । मधेशका दिपेश दासले सबैभन्दा धेरै २३ रन बनाए । लुम्बिनीका रमेश कुर्मीले ४, बिप्रसन केसीले ३ विकेट लिए…