बुटवल । लुम्बिनी प्रदेश सरकारले २ माघमा सार्वजनिक बिदा दिने भएको छ। माघे संक्रान्ती तथा माघी पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो। माघे संक्रान्ती तथा माघ पर्वलाई मध्यनजर गर्दै माघ २ गते प्रदेशभर सार्वजनिक बिदा दिँदै आएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ। लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को २०८० चैत २० गते बसेको बैठकले…