काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टोली लुम्बिनी लायन्सलाई एनसेलले मुख्य प्रायोजन गरेको छ । प्रयोजनसम्बन्धी सम्झौता पत्रमा आइतबार लुम्बिनीका मालिक इश्वर जिसी र एनसेलका एमडी जबर कायुमोभले हस्ताक्षर गरे । सम्झौता रकम भने खुलाईएको छैन । सम्झौता कार्यक्रममा अभिनेता तथा लुम्बिनीका ब्रान्ड एम्बासडर राजेश हमाल, कप्तान रोहितकुमार पौडेल, मुख्य प्रशिक्षक नन्दन फडनिस, टोलीका खेलाडीलगायतको…