कारले मोटरसाइकललाई ठक्कर दिंदा मालपोत अधिकृत राउतको मृत्यु

रुपन्देही । रुपन्देहीमा सवारी दुर्घटनामा परी मालपोत कार्यालयका अधिकृतको मृत्यु भएको छ । आइतबार राती भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल अगाडि भएको दुर्घटनामा परी रुपन्देहीको मझगावास्थित मालपोत कार्यालयका मालपोत अधिकृत ४२ वर्षिय तिलकबहादुर राउतको मृत्यु भएको प्रहरीले जनाएको हो । मृतक राउत रुकुमको मुसिकोट नगरपालिका–१ घर भइ हाल रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ स्थित मझगावा मालपोत कार्यालयमा कार्यरत…