बर्दिया । दिउँसोको टन्टलापुर घाममा झिँगटीले छाएको गाईगोठभित्र बनाइएको बाख्राको सानो खोरमा कपडाको डोरीले बाँधिएको अवस्थामा एक बालिका सुतिरहेकी थिइन् भने खोरबाहिर दुई वटा गाई उग्राइरहेका थिए । नयाँ मान्छे देखेपछि गाईहरू जुरुक्क उठे र फाँ–फु गर्न थाले । त्यही क्रममा बालिका ब्युँझिइन् । मुख सुक्खा भएकाले उनी रुन पनि सकिनन् । हलचल सुनेपछि घरमा…