भवन निर्माण आयोजनाबारे एमाले उपाध्यक्ष पौडेलको चासो

लुम्बिनी । नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले लुम्बिनी प्रादेशिक अस्पतालमा निर्माण सुरु हुन लागेको भवन निर्माण आयोजनाबारे आज स्थलगत अनुगमन गरी जानकारी लिएका छन् । आयोजनाको जानकारी लिँदै रूपन्देही क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यसमेत रहेका उपाध्यक्ष पौडेलले गुणस्तरियतासँगै समयमै काम सक्न प्रदेश पूर्वाधार विकास प्राधिकरण र निर्माण कम्पनीलाई आग्रह गरे। सो अवसरमा उनले…