दाङ । बाटोछेउ माथि घर, मान्छेहरु ओहरदोहर गर्दै थिए । केही अधैबैंसे महिला र लोग्ने मान्छेले नआत्तिनुहोस् छोरा जसरी नि घर आईपुगी हाल्छ भन्दै तिलकुमारीलाई सम्झाउँदै थिए । रुसी सेनामा भर्ती भएका दाङ तुलसीपुर-१८ बिजौरीका प्रतिक पुन युक्रेनी सेनाको नियन्त्रणमा रहेको खबर पाएपछि परिवारलाई सान्तवना दिन जानेहरुको आजभोलि भिड छ । युक्रेनी सेनाको कब्जामा रहेकै…