पाल्पा । गएराति वर्षासँगै पहिरो खसेर अवरुद्ध सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्ड एकतर्फी रुपमा संचालनमा आएको छ । सडक डिभिजन कार्यालय पाल्पाले दिएको जानकारी अनुसार पहिरो पन्छाएर एकतर्फी रुपमा सवारी आवागमन सुरु भएको हो । वर्षासँगै लदो र डुङ्गा खसेपछि रातिदेखि अवरुद्ध सडक बिहानैदेखि पहिरो पन्छाएर खोलिएको सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी महेश्वर…