जनकपुर । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिका विषयमा विवाद हुँदा प्रहरी र कर्मचारीमाथि कुटपिट गरिएको छ । मुख्यमन्त्रीको नियुक्ति प्रक्रियामा असन्तुष्ट समूहले प्रहरी र मुख्यमन्त्री कार्यालयका कर्मचारीमाथि कुटपिट गरेको हो । सोमबार बिहान मधेसका मुख्यमन्त्रीको कार्यकक्षमा रहेका कर्मचारी र कार्यालयको सुरक्षामा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरिएको जनाइएको छ । मधेस प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं डीआईजी…