काठमाडौँ । सप्तरीमा झाडापखालाले एकै परिवारका तीन जनाको मृत्यु भएको छ । छिन्नमस्ता गाउँपालिका-५, लोखरम मुसहरी टोलमा झाडापखालाको प्रकोप फैलिँदै जाँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा एक वर्षीय सञ्जीव सदा, चार वर्षीय रागिनी सदा र ७० वर्षीय लक्ष्मण सदा रहेका छन् । उनीहरूको हप्ता दिनको फरकमा मृत्यु भएको बताइएको छ…