काठमाडौं । मधेश प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा भण्डारीले मुख्यमन्त्री नियुक्त गरेर बर्दिबासको पानस होटलमा शपथ खुवाएकी हुन् । सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा संघीय समाजवादी र राप्रपालाई समेटेर सानो आकारको मन्त्रिमण्डल गठन भएको छ…