काठमाडौं । मधेसको मुख्यमन्त्री नियुक्तिको विरोधमा सात राजनीतिक दलले छैटौँ दिन पनि विरोध प्रदर्शन जारी राखेका छन् । मधेसमा मुख्यमन्त्रीको नियुक्ति असंवैधानिक रहेको दाबीसहित दलहरूले आज पनि मधेस भवन अगाडि धर्नालाई जारी राखेका हुन् । धर्नामा मधेस प्रदेशका पूर्वमन्त्रीहरू, प्रदेशसभाका सदस्यहरू सहभागी छन् । तत्कालीन प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेपालको संविधानको धारा १६८ को…