जनकपुरधाम । नेपाललाई एसीसी प्रिमियर कपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका तीन खेलाडीलाई मधेस सरकारले दुई–दुई लाख रुपैयाँ दिने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मधेस गृह घर भएका राष्ट्रिय टोलीका खेलाडीहरूलाई दुई–दुई लाखको दरले प्रोत्साहनस्वरूप रकम दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता अर्थमन्त्री सञ्जय यादवले जानकारी दिए । उनका अनुसार गुल्सन झा, आरिफ…