सिरहा । पछिल्लो समय मधेश प्रदेशका स्थानीय तहहरूमा हुने संस्थागत भ्रष्टाचारको तथ्य बाहिरिएको छ । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्व जनप्रतिनिधि र कर्मचारीसहित दुई दर्जनविरुद्ध एकैपटक भ्रष्टाचार कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंंमा आरोपपत्र दायर गरेपछि तथ्य सार्वजनिक भएको हो । आयोगले जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिकाका पूर्वअध्यक्ष रामबल्लाव साह, उपाध्यक्ष आशादेवी यादव, तत्कालीन प्रशासकीय…