सात हजारभन्दा बढी किशोरीलाई एचपीभी खोप लगाइँदै

बाजुरा । सङ्घीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको महिलाको पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध (एचपीभी)खोप बाजुरका सात हजार बढी किशोरीलाई लगाइने भएको छ । जिल्लाका नौ स्थानीय तहका विद्यालयमा कक्षा ६ देखि १० सम्म अध्ययनरत र विद्यालय बाहिर रहेका १० वर्षदेखि १४ वर्षका किशोरीलाई पाठेघरमा हुने क्यान्सरविरुद्धको एचपीभी खोप लगाइने जिल्लास्थित स्वास्थ्य कार्यालयले जनाएको छ ।…