कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिका–३ का ४५ वर्षीय मानबहादुर डगौरालाई दुई दशकअघिको आशापुरको दृश्य अझै सम्झनामै छ । त्यतिबेला उनलाई टिनका टहरामा कोचाकोच गरेर बस्नुपर्ने बाध्यता थियो । नदीको छेउमै रहेको त्यो बस्तीमा बाढी पस्थ्यो । होचो भूभाग हुनाले डुबानका कारण जमिनमा उब्जाउ पनि हुँदैनथ्यो । आशापुर मुक्तकमैया बस्ती हो । २०५७ सालमा कमैया मुक्त…