डडेल्धुरा । सुदूरपश्चिम प्रदेशको प्रसिद्ध शक्तिपीठमा पर्ने उग्रतारा भगवतीको मन्दिरमा लाग्ने मेला (देहीजाँत) आज मनाइँदै छ । डडेल्धुरा सदरमुकाम नजिक अमरगढी नगरपालिका–८ मा रहेको उग्रतारा मन्दिरमा सोमबार बेलुकीदेखि सुरू भएको हो । हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको रात रतेडी र दोस्रो दिन दिउँसेडी मेला लाग्ने गर्दछ । देहीजाँतमा अमरगढी नगरपालिकाका चार वटा गाउँबाट देउरो आउने…