सुदूरपश्चिममा आज ‘ठूलीरात’ मनाइँदै

दोधारा चाँदनी । सुदूरपश्चिममा आज ‘ठूलीरात’ अथवा ‘पुसे पन्ध्र’हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष पुस महिनाको १५ गतेलाई सुदूरपश्चिममा विशेष महत्त्वका साथ मनाउने गरिन्छ । यो पर्वमा गाउँका सबै एक ठाउँमा भेला भएर रातभर आगो तापेर जाग्राम बस्ने तरुल, पिँडालु, सखरखण्ड लगायतका कन्दमूल र डोटेली खानाका मीठा परिकार पकाएर खाने प्रचलन रहिआएको छ ।…