धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २० गते भित्रै विश्वासको मत लग्ने तयारी गरेका छन् ।दोश्रो पटक काठमाडाैं गएका मुख्य मन्त्री शाहले विश्वासका मत पाउने सुनिश्चितता भए पछि धनगढी फर्केर विश्वासकाे मत लिन तयारी गरेका हुन् । मुख्यमन्त्रीमा नियुक्त भएको दुई दिनपछि काठमाण्डौं गएका शाहले सो क्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी सहित नेता कार्यकर्तासँग भेट गरेका…