सम्झना मृत्यु प्रकरण : श्रीमान् पुर्पक्षका लागि कारागार चलान, तीन जना रिहा

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडीका १७ वर्षीय सम्झना भट्ट मृत्यु प्रकरणको अनुसन्धानका लागि पक्राउ परेका श्रीमानलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । कञ्चनपुर जिल्ला अदालतले सम्झनाका श्रीमान् पवन भट्टलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ भने सासू ससुरा र दिदीलाई भने धरौटीमा छोड्न आदेश दिएको हो । सम्झनाका माइती पक्षले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा…