प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिम दोस्रो स्थानमा उक्लियो, कोशीको आठौँ हार

काठमाडौं । प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा सुदूरपश्चिमले कोशी प्रदेशलाई आठ विकेटले पराजित गर्‍यो । जितसँगै पाँच खेलमा चार जितसँगै आठ अंक जोडेको सुदूरपश्चिम अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ भने आठ खेलमा सबै खेल हारेर अंकबिहीन…